सहकारीका कर्मचारी माथि छुरा प्रहार


Share This


नेपालबहस संवाददाता    36 Views

कैलाली ।  कैलालीको चुरे गाँउपालिका ४ बालुवागडामा सहकारीका कर्मचारी माथि छुरा प्रहार भएको छ । किसान बहुउद्देश्य सहकारी संस्था चौमालामा  कार्यरत लम्की चुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मुकुण्डो लगाएका अज्ञात दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ ।

बालुवागडा बाट सहकारीको रकम संकलनको काम सकेर फर्कदै गरेका न्यौपानेलाई बालुवागडा नजिकै बाटोमा आक्रमण भएको हो ।  दिउसो पौने १२ बजे घटना भएकोमा प्रहरीमा ढिलो  गरी खबर आयको प्रहरीले बताएको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी  नायव उपरीक्षक हरि ओलीका अनुसार घाईते न्योपानेको दाया हात र पेटमा चोट लागेको छ ।

मोटरसाईकलमा रहेका न्योपानेलाई रोकेर आक्रमण भएपछि उनीहरु भागेका थिए ।  घाईतेको धनगढीको सिपि अस्पतालमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने दुई जनाको प्रहरीले खोजी गरीरहेको छ  ।

तपाईको प्रतिक्रिया