११ बर्षिय बालक निशान खड्का हत्याको अर्को रहस्य खुल्यो !


Share This


नेपालबहस संवाददाता    262 Views

काठमाडौं । अपहरीत ११ वर्षीय बालक निशान खड्काको अपहरण पछि घाँटी थिचेर हत्या भएको पुष्टी भएको छ । आइतबार साँझ काठमाडौैं काँडाघारीमा हत्या भएका निशान खड्काको अपहरण पछि घाँटी थिचेर हत्या गरिएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले पुष्टी गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले निशानको घाँटी थिचेर हत्या गरेको देखाएको हो ।

आईतबार साँझ भक्तपुरमा डेरा गरीबस्ने गोपाल तामाङ र अजय तामाङले बालकको क्रुर हत्या गरेका थिए । तर, प्रहरीले बालकको खोजी थालेको ८ घण्टा वित्न नपाउँदै बालकको हत्या भएको प्रहरीको ठम्याई छ ।

अपहरणकारी गोपाल र अजय प्रहरी मुठभेडमा सोमबार भक्तपुरको डोलेश्वरमा मारिएका मारिएका छन् । प्रहरी अनुसन्धान अनुसार राति ११ देखि १२ बजेको समयमा बालकको हत्या भएको देखिएको हो ।

तपाईको प्रतिक्रिया