सम्पति शुद्धिकरण मुद्दामा लामालाई एक वर्ष कैद !


Share This


नेपालबहस संवाददाता    42 Views

काठमाडौं । सम्पति शुद्धिकरण मुद्दामा गणेश लामालाई विशेष अदालतले एक वर्ष कैद र एक करोड ४० लाख जफत गर्ने आदेश दिएको छ।

विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठका अनुसार सम्पत्ति शुद्धिकरण विभागले २७.१ करोड स्रोत नखुलेको सम्पति रहेको दावी गरे पनि एक करोड ४० लाखको मात्रै स्रोत नखुलेकोले जफत गर्ने आदेश दिइएको बताए।

लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य थिए। सो पार्टी हाल नेपाली कांग्रेसमा विलय भइसकेकोले लामा पनि हाल कांग्रेसकै नेता हुन्।

लामा हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अहिले जेलमा नै छन्। सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते बस्नेतसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी, दीपक मनाङे र चक्रे मिलन ‘मिलन गुरुङ’ विरुद्ध मुद्दा दायर गरेको थियो। ती मध्ये लामाबाहेक सबैले सफाइ पाइसकेका छन्।

तपाईको प्रतिक्रिया