आगलागीबाट घर जलेर नष्ट, परिवारको विचल्ली


Share This


नेपालबहस संवाददाता    25 Views

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८, वगहीमा आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । स्थानीय बद्री महतोको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएपछि आगलागी पछि १३ जना सदस्य रहेको मण्डल परिवारको बिचल्ली भएको छ ।

बिहीबार साझ सुत्ने बेला लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट एउटा भैंसी, ५ वटा बाख्रा, ४ लाख बराबरको टेन्टको समान, लत्ताकपडा सबै जलेर नष्ट भएको बद्रिको छोरा विनय मण्डलले बताए ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले आगलागीबाट ४ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको बताए ।

आगलागीबाट एउटा भैंसी, बाख्रा र खशी २र२ वटा जलेको रहेछ, त्यस्तै टेन्टका समान, भाँडा वर्तन, लत्ता कपडा पनि जलेको घरधनीले बताए ।राति भएको आगलागी दमकलको सहयोगमा नेपाल प्रहरी, स्थानीय बासिन्दा मिलेर नियन्त्रणमा लिएको स्थानीय राजेशकुमार मण्डलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया