बिजुलीको खम्बामा लागेको आगो सेनाले निभायो


Share This


नेपालबहस संवाददाता    27 Views

काठमाडौं । रामशाह पथअन्तर्गत रहेको बिजुलीको पोलमा शुक्रबार करिब ३ बजे विद्युत सर्ट हुदा आगलागी भएको छ ।

सिंहदरबारको पश्चिम तर्फको २ नम्बर गेट अगाडि रहेको बिजुलीको खम्बामा विद्युत सर्ट हुदा भएको आगो करिव १५ मिनेट पछि नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

आगलागीका कारण ट्रान्समिटरमा क्षति पुगेको छ। आगो सिंहदरबारभित्र रहेको नेपाली सेनाको दमकलको सहायताले निभाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया