प्रहरीका लागि मोटरसाईकल आउटरार्इडर्स उन्नत तालिम


Share This


नेपालबहस संवाददाता    35 Views

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा प्रहरी प्रधान कार्यालय, सवारी महाशाखामा पाँचौँ समूहको मोटरसाईकल आउटराईडर्स उन्नत तालिम मंगलबार देखि सुरु भएको छ ।

तालिममा महाशाखाका प्रहरी नायव उपरीक्षक ई।दिनेश के।सीले उक्त तालिम उद्‍घाटन गरेका छन् । तालिम संयोजक प्रहरी निरीक्षक मिठ्ठाराम दाहालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कूल १६ दिन कार्यावधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २, प्रहरी सहायक निरीक्षक ४, प्रहरी हवल्दार ९ र प्रहरी जवान १५ गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया