ट्राफिक प्रमुख सर्वेन्द्र खनालको पहिलो कदम मनोमानी भाडा लिने ट्याक्सी तिर


Share This


नेपालबहस संवाददाता    865 Views

२३ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यभार सम्हालीरहेका प्रमुख डिआईजी सर्वेन्द खनालले सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न आफु लागि परेको बताएका छन् ।

आज संसदको विकास समिति बैठकमा बोल्दै खनालले बिलिङ मिटर जडान नगर्ने ट्याक्सीलाई पनि कारवाही थालिएको बताए । ‘सार्वजनिक सवारीको अब्यवस्थाका कारण प्रताडित हुनेमध्ये म पनि एक हुँ । कहाँ–कहाँ सुधार्नुपर्छ मलाई थाहा छ’ डिआईजी खनालले भने,’सुरुवात एयरपोर्टको ट्याक्सीबाट गरेको छौं ।’

अहिले एयरपोर्टको प्रि–पेड ट्याक्सीहरुले विदेशबाट फर्किएकाहरुलाई ठग्ने क्रम तीव्र छ । छोटेको दूरीमा पनि बढी भाडा लिने गर्दा धेरै यात्रुलाई समस्या छ ।

उनले उपत्याकाका विभिन्न ५२ स्थानमा ट्याक्सीका लागि पार्किङ लट ताकेको बताए । मिटरमा नचल्ने ट्याक्सीमाथि कारवाही सुरु गरिएको बताए । ‘९ हजारमध्ये ३ हजार ट्याक्सीले अझै बिलिङ मेसिन जोडेका छैनन् । तिनीहरुबाटै ठगी बढी भइरहेको छ,’ डिआईजी खनालले भने ।

उनले कसको जिम्मेवारी के हो भन्ने किटान नहुँदा पनि समस्या आएको भन्दै उनले अन्तर सरकारी समन्वयको अभावले पनि धेरै काम गर्न अप्ठेरो भएको बताए । ‘अस्ति माननीय ज्यूले लौ न, मुग्लीनको जाम खोलिदिनुर्‍यो भनेर मलाई फोन गर्नुभयो । म उपात्यकाको मात्रै ट्राफिक ब्यवस्थापन हेर्छु भन्ने धेरै जिम्मेवार अधिकारीलाई नै थाहा छैन’ खनालले भने ।

उनले केही समयपछि नै काठमाडौंको ट्राफिक ब्यवस्थामा सुधार गर्ने दावी गर्दै उपत्यकाको ट्राफिक ब्यवस्थापनका सम्बन्धमा एउटा मास्टर प्लान बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि आफूहरुले सहयोग गर्ने उनले बताए ।

ट्याक्सीमा प्रिन्टर मेसिन जडानको अवस्था

सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन ।

ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन् ।
काठमाडौँ रानीबारीकी संगीता श्रेष्ठ रानीबारीबाट बालुवाटारसम्म ट्याक्सीमा जाँदा रु २०० तिर्नुप¥यो । रानीबारीबाट बालुवाटारसम्मको ट्याक्सी भाडा मिटरमा जाँदा धेरैमा रु १५० सम्म पर्छ । उनी न त मिटरमा जान पाए, न बिल नै पाए ।

लैनचौरबाट नक्साल जान नवीन काफ्लेले रु १५० तिर्नुप¥यो । जहाँ मिटरमा जाँदा एकसय रुपैयाँ पनि लाग्दैन । उनलाई मिटर बिग्रेको छ भनेर सवारी चालकले बिल र मिटरबिनै रु १५० लिए ।

यी त केवल प्रतिनिधि घटना मात्र हुन् । काठमाडौँ उपत्यकामा दैनिक सयौँ यात्रु ट्याक्सीबाट ठगिरहेका छन् । यसको नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिना बर्दीमा दैनिक १०÷१२ जना प्रहरीलाई खटाइरहेको छ ।

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा बढी ठगी हुने गरेको भन्दै महाशाखाले उक्त क्षेत्रमा बिना बर्दी प्रहरी खटाएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल मिटरमा जान नमान्नु, बढी भाडा लिनु, ट्याक्सी बिल नदिने दैनिक २० देखि ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताए । “दैनिक २०० को हाराहारीमा हामी ट्याक्सी जाँच गछौँ त्योमध्ये २० देखि ३० ट्याक्सी चालक कारबाहीमा पर्छन्,”– प्रमुख खनाल बताउँछन् ।

महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा ६ हजार ६९ ट्याक्सीलाई कारबाही गरेको छ । अघिल्लो आव २०७२÷७३ मा दुई हजार ८०१ ट्याक्सी कारबाहीमा परेका थिए । कारबाही परेका ट्याक्सीको राजश्व पहिले यातायात व्यवस्था कार्यालयले लिने गरेपनि अहिले महाशाखाले नै लिने जिम्मेवारी पाएको छ ।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम प्रिन्टर मेसिन भरपर्दो नभएका कारण आफूहरुले यात्रुलाई बिल दिन नसकेको बताए । “महँगो शुल्कमा कमसल खालाका प्रिन्टर जडान गरेर काम गर्दा धुलो पसेर अधिकांश प्रिन्टर बिग्रिसकेका छन्, हामीले कसरी यात्रुलाई बिल दिन सक्छौँ,”– अध्यक्ष गौतमले भने ।

ट्याक्सीलाई बिल जडान गर्ने नाममा कमसल मेसिन भित्र्याएर राज्यको रु १४ करोड विदेशिएको भन्दै मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष गौतमको भनाइ छ । हाल काठमाडौँ उपत्यकामा नौ हजार ५०० ट्याक्सी सञ्चालनमा छन् ।

यस्तै नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधिको संयुक्त टोलीसमेत अनुगमनमा खटिएको छ । उक्त टोलीले गुडिरहेका ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटरमा गुडिरहेको छ की छैन् भनेर अनुगमन गर्नेगर्छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजु सात हजार ३०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको बताउँछन् । “विभिन्न कम्पनीका मेसिन बजारमा आएका छन्, कमशल मेसिन जडान गर्दा चाँडै बिग्रेको हो,”– प्रमुख ध्वजुले भने ।

ध्वजुले प्रत्येक मिटरमा वारेन्टी रहेकाले तत्काल नबिग्रिने उल्लेख गरे । उनले ट्याक्सी उपयोग गर्ने यात्रुलाई बिल लिनुपर्छ भन्ने जनचेतना फैलाउनु जरुरी रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार