प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्षसहित ९ जनाविरुद्ध ठगी मुद्दा

काठमाडौँ । नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । कम्पनीको मिलेमतोमा नक्कली बिमा योजना जारी गरी ठगी भएको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गराएको हो । चैत २८ गते वल्र्ड वेज म्यानपावर कम्पनीको किटानी जाहेरीमा कम्पनीका करार कर्मचारी प्रकाश रेग्मीलाई वृत्तले पक्राउ गरेको थियो  । थप पढ्नुहोस्