अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ : नेता केसी

२६ माघ, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताए । नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए । उनले भने, “अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।” अर्को एक प्रसंगमा उनले काँग्रेसको नेतृत्वमा प्रशस्त कमजोरी रहेको बताए । नेता केसीले नीतिगत रुपमा धेरै सुधार गर्नु पर्ने, नेतृत्वमा कमजोरी रहेको र संरचनामा अपारदर्शी भएकाले पार्टी कमजोर बनेको बताए । थप पढ्नुहोस्

तीन दलको अन्तिम चुनावी सभा

भक्तपुर लोकतान्त्रिक किल्ला बन्छ – केसी १८ मंसिर, काठमाडौं । मध्यपुरथिमिको बालकुमारीमा लोकतान्त्रिक गठबन्धनको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले भक्तपुर अब लोकतान्त्रिक किल्लामा परिणत हुने बताएका छन् । नेमकिपाको दबदबा रहेको भक्तपुरमा पछिल्लो समयमा वाम गठबन्धनको टाउको उठाउन खोजिरहेको भन्दै उनले काँग्रेसको एकता र शक्तिलाई अब कसैलै परास्त गर्न नसक्ने बताए । थप पढ्नुहोस्

अधिकार र पहिचानका लागि पुगे मधेशीका आँगनमा नेता केसी

३० भदौ, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले २००७ सालदेखि नेपाली काँग्रेसले मधेश र मधेशीको अधिकार र पहिचानका लागि संघर्ष गर्दै आएको र अहिले पनि लागिपरेको बताएका छन् । उनले बिहीबार साँझ राजविराजमा नेपाली काँग्रेस नगरसमिति, राजविराजद्वारा आयोजित कार्यक्रममा नेपाली काँग्रेसले कुनै पनि समुदाय, वर्ग र जातिसँग कुनै किसिमको भेदभाव नगरेको र सँधै समान व्यवहार गरेको दाबी गरे । उनले भनेः– ‘सिंगो मुलुकको ध्यान प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा केन्द्रित भएको छ । यसअघि दुई चरणका भन्दा पनि आसन्न तेस्रो चरणको निर्वाचनले महत्व पाएको छ । थप पढ्नुहोस्