असिनाले गहुँको बीउ नै बाँकी राखेन

१९ वैशाख, काठमाडौं । जाजरकोटमा गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जंगलमा रहेको काफललगायतमा क्षति भएको बारेकोट गाउँपालिका–५ का स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए । गहुँ पाकेर भित्र्याउन ठिक्क भएका किसान असिनाले क्षति बनाएपछि किसान पीडामा रहेको शाहीको भनाइ छ । बारेकोट गाउँपालिकाका करीब पाँच हजार घरधुरीले लगाएको गहुँ र तरकारी बालीमा क्षति भएको हो । थप पढ्नुहोस्