आँखा उपचारकालागि रामपुरमा सिटी क्लिनिक

२० वैशाख, काठमाडौं । कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, पाल्पाले आँखाका बिरामीलाई प्रभावकारी सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको छ । रामपुर नगरपालिका–७, किसानबारीको कार्यालयबाट सेवा दिइरहेको केन्द्रले कार्यालय समय बाहिर पनि नागरिकलाई थप सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको अध्यक्ष हुतराज पोखरेलले बताए । बुधबार नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य एवं पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनका अध्यक्ष चकोरमान शाक्यले बेझाड बजारमा सिटी क्लिनिक भवनको उद्घाटन गरे । थप पढ्नुहोस्