७० प्रतिशत कोरियाली भन्छन्– आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

२० वैशाख, काठमाठौं । प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् । एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ । उक्त सर्वेक्षणमा सहभागीमध्ये दश जनामा सातले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक अस्त्र बिहीन बनाउन सम्भव भएको बताएका थिए । रियलमिटर नाम दिइएको उक्त सर्वेक्षणमा सहभागीमध्येका ७१.४ प्रतिशतले यस्तो बताएका जनाइएको छ । दक्षिण कोरियाका ५०१ जना नागरिकलाई सो सर्वेक्षणमा संलग्न गराइएको उक्त सर्वेक्षण संस्थाले जनाएको छ । थप पढ्नुहोस्