भारतको हरियाणा जाँदै गरेको बसबाट आधा किलो सुन बरामद

कञ्चनपुर । काठमाडौंबाट भारतको हरियाणा जाँदै गरेको UP नम्बरको गाडीबाट आधा किलो सुन प्रहरीले बरामद गरेको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले  पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताए । थप पढ्नुहोस्