यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने

२१ वैशाख, काठमाडौं । यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलो पटक उक्त पुरस्कार नदिइने भएको छ । हामीले पुरस्कार छनौटमा जनमानसको आत्मविश्वास पुनः प्राप्त गर्न अर्को पुरस्कृत व्यक्तित्वको चयन गर्नुपूर्व हामीले थपसमय समर्पित भएर लाग्नुपर्ने देखिएकोले यस वर्षको नोबेल साहित्य पुरस्कारलाई स्थगित गर्ने निर्णय गरेका छौँ, ‘स्वीडिस एकेडेमी’ का अन्तरिम स्थायी सचिव एन्डर्स ओल्सनले शुक्रबार एक विज्ञप्ति जारी गरी जानकारी गराउनु भएको छ । थप पढ्नुहोस्

मोगादिशु बिष्फोटमा मारिने २७६ जना, सोमालियाको इतिहासमा सबैभन्दा खतरनाक हमला

३० असोज, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको छ । सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या २७६ पुगेको छ । अरु कैयौँ घाइते छन् । दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । सोमालियाली अधिकारीहरुले उक्त आक्रमणबाट घाइते भएका व्यक्तिको सङ्ख्या पनि करिब ३०० रहेको जनाएका छन् । यो हमलालाई निकै दर्दनाक भनिएको छ । थप पढ्नुहोस्