केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै, उपत्यकामा मोनोरेल चलाउन चिनियाँ कम्पनी इच्छुक

२२ वैशाख, काठमाडौं । केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् । रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने तयारी गरेका छन् । रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि यहाँ आउन लागेको हो । थप पढ्नुहोस्