आगामी जेठ ११ मा फेसियल हाउस फेशन ट्रेड सिजन-२

काठमाडौँ । फेसियल हाउसको आयोजनामा जेष्ठ ११ गते शुक्रबार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । 'फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडल मात्र नभई रोलमोडल पनि छानेको छ', फेसियल हाउस संचालिका सुष्मा महराले भनिन, 'समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं । त्यसैले यसपल्ट चर्चित कलाकार, गायकगायिकाहरुका साथै तिनै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरु, समलिङ्गी ब्यत्तिहरु लगायतलाई र्याम्पमा उतार्दैछौं । थप पढ्नुहोस्