चितवनमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

चितवन । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका-१ मा आइतबार बिहान बस दुर्घटना हुँदा एकको मत्यु भएको छ भने १८ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुरहुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६स्४५ बजे अनियन्त्रितभइ सडक छेउमा पल्टिएको हो। बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका-५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ। मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । थप पढ्नुहोस्

इनार सफा गर्दा एकको मृत्यु, नौ घण्टापछि शव निकालियो

६ साउन, चितवन। पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ स्थित नयाँ बस्तीका सोमबहादुर लोको घरमा रहेको इनार सफा गर्न गएका स्थानीयवासी ३६ वर्षीय रामकुमार रानाको बिहीबार विहान निस्सासिएर मृत्यु भएको हो । करिव ४० फिट गहिरो इनारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उनको ९ घण्टापछि विहीबार साँझ ७ बजे मात्र शव निकालिएको थियो । थप पढ्नुहोस्