अध्यक्षमा शेर्पा र महासचिवमा झा निर्वाचित

२२ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका थिए । साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए । थप पढ्नुहोस्