पूर्वप्रधानन्यायाधीश कार्कीको मुद्दामा एमिकस क्युरी मगाउने, जोशीलाई ध्यानाकर्षणपत्र

१९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगसम्बन्धी मुद्दामा ‘एमिकस क्युरी’ (अदालतको सहयोगी) मगाउने आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले आज एमिकस क्युरी झिकाउने आदेश जारी गरेको हो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गराइएको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता सुनीलरञ्जन सिंहले रिट निवेदन दायर गरेका थिए । थप पढ्नुहोस्