डिपीएलका चार महँगा क्रिकेटर

१० फागुन, काठमाडौं । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो । त्यसैगरी, पृथु बाँस्कोटा विराटनगरमा आबद्व भए । उनलाई विराटनगरले रु एक लाख २० हजारमा अनुबन्ध गरेको हो । सोही रकममा नरेश बुढाऐरलाई काठमाडौँ गोल्डेन्सले खरिद ग¥यो । थप पढ्नुहोस्

नेपालले विश्वकप छनोट खेल्ने पक्का, करण चम्किएपछि खेलको नतिजा उल्टियो

२ फागुन, काठमाडौं । आज भएको खेलमा क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी र सन्दिप लामिछाने नायक सावित भए । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए । अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । थप पढ्नुहोस्