काठमाडौंमा बन्ने भयो डिजिटल स्मार्ट पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट पर्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि नमुना परियोजनास्वरूप धर्मपथमा काम गर्न प्रक्रिया अघि बढाएको छ । नेपालमा पहिलोपटक स्मार्ट र डिजिटल पार्किङको अवधारणा अघि बढाइएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘स्मार्ट पार्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि न्युरोडको धर्मपथलाई छनोट गरी काम अघि बढाइसकेका छौं’, उनले भने। स्मार्ट पर्किङ बढीमा तीन महिनाभित्र प्रयोगमा आउने गरी काम सुरु भएको छ। डिजिटल पार्किङका लागि भने दुई साताभित्र टेन्डर आह्वान हुनेछ । थप पढ्नुहोस्

जिम्मेवारी आयो तर अधिकार खै !

काठमाडौं  ।  स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीयतहमा शिक्षाको जिम्मेवारी आएपनि अधिकार अझै नआएको गुनासो गरेका छन् । संविधान, ऐन सवैले जिम्मेवारी दिएपनि शिक्षा मन्त्रालयले प्रयोग गर्न नदिएको उनीहरुले आरोप लगाएका छन् । शिक्षा विभाग र युनेस्को काठमाडौंको आयोजना र आजको शिक्षा साप्ताहिकको समन्वयमा शुक्रवार आयोजित ‘संघीयतामा शिक्षाः कार्यान्वयन र चुनौती’ विषयक अन्तक्र्रियामा उनीहरुले स्थानीय सरकारको अधिकार संकुचित पार्ने प्रयास भइरहेकोमा जोड दिए । थप पढ्नुहोस्

काठमाडौँ घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय सम्मेलन सकियो

२८ चैत, काठमाडौं । दण्डहीनताको अन्त्य र मानवाधिकारको प्रत्याभूतिमा जोड दिँदै तीनदिनदेखि जारी मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको बडापत्र, मानवाधिकारको विश्वव्यापी घोषणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको परिपालनालगायत मौलिक अधिकार संरक्षणसम्बन्धी सबै अन्तर्राष्ट्रिय विधिविधान र सम्झौताको अक्षरशः पालना हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ । थप पढ्नुहोस्

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा

१९ माघ, काठमाडौं । नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ । ‘जम्मा आठ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ । उनले भने, “मुख्य लेन तल र सहायक लेन माथि हुनेछ । थप पढ्नुहोस्

एसियाली चिकित्सा विद्यार्थीहरु काठमाडौँमा जम्मा हुँदै

२ माघ, काठमाडौं । दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन यही माघ ७ देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ । एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपाललगायत भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा एशोसिएनका अध्यक्ष डा सन्तोष उपाध्यायले यो चिकित्सा विद्यार्थीले गर्ने सबैभन्दा ठूलो सम्मेलन भएको बताए । थप पढ्नुहोस्

काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा, ५ ठाउँबाट मतगणना गरिने व्यवस्था गर्दै आयोग

२० मंसिर, काठमाडौं । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलका अनुसार काठमाडौँमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौँको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, “दश वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।” पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पु¥याउने काम भइरहको छ । थप पढ्नुहोस्

काठमाडौं क्षेत्र नं. ४ मा काँग्रेसले गरेको विकास दस्तावेज सार्वजनिक

२ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गरेका छन् । विसं २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएपछि आफूले गरेका कामको सम्पूर्ण जानकारी उनले आफ्ना मतदातालाई दिएका हुन् । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले सार्वजनिक गरेको विकास दस्तावेजमा आफ्नो निर्वाचन क्षेत्र नं ४ मा सडक विस्तार र सुधारमा मात्रै पाँच अर्ब भन्दा बढी रकम विनियोजित भएको उल्लेख गरिएको छ । थप पढ्नुहोस्

विश्वभरबाट नेपाल आएका काँग्रेस आबद्ध जनसम्पर्क समितिको राष्ट्रिय भेला काठमाडौंमा

२६ असोज, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकदलीय साम्यवादले लोकतन्त्रमा चुनौती आउने जनाउँदै त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताएका छन् । विश्वभरबाट नेपाल आएका काँग्रेस आबद्ध जनसम्पर्क समितिको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले जनताका मौलिक अधिकार संस्थागत गर्ने शासन प्रणाली बहुदलीय लोकतन्त्र मात्र भएको बताउँदै भने, “लोकतन्त्रको खोल ओढेर अधिनायकवाद लागू गर्नेविरुद्ध सबै सजग हुनैपर्छ । थप पढ्नुहोस्

काठमाडौंको मौलिक संस्कृति संरक्षण गर्न प्रधानमन्त्री देउवाको निर्देशन

५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको मौलिक संस्कृति र पुरातत्वको संरक्षण गरेर निर्माण र पुनःनिर्माणकार्य गर्न निर्देशन दिएका छन् । आफूलाई भेट्न प्रधानमन्त्री कार्यालय आएका काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसँगको भेटमा उनले ‘राजधानीको प्राचीन कला र मौलिकता नै मुलुकको पहिचान हो’–भने । प्रधानमन्त्री देउवाले काठमाडौंको पूर्वाधार निर्माणमा सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्नसमेत निर्देशन दिएको उपप्रमुख खड्गीले जानकारी दिइन् । थप पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयको बजेट रु ४ अर्ब

२१ असार, काठमाडौं । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ७६ औँ सभा बैठकले आव २०७३÷७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आव २०७४/७५ मा गर्नुपर्ने कार्यक्रम र बजेट पारित गरेको छ । विश्वविद्यालयसभा बैठकले स्वास्थ्य विज्ञान कार्यक्रमको रु दुई अर्ब ६४ करोड १३ लाख ४२ हजार र अन्य कार्यक्रमको रु एक अर्ब २७ करोड २० लाख गरी रु तीन अर्ब ९१ करोड ३३ लाख ४२ हजारको बजेट पारित गरेको हो । थप पढ्नुहोस्