पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

१५ चैत, काठमाडौं । पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु भएको जानकारी दिए । “गत वर्षको जस्तो समस्या आउने अवस्था छैन, उहाँले भन्नुभयो, यदी निजी क्षेत्रका मुद्रण व्यवसायीले अभाव गराउने उद्देश्य राख्छन् भने उनीहरुको लाइसेन्सको विषयमा सोच्नुपर्छ । थप पढ्नुहोस्

सिंहदरबारमा छड्के निरीक्षण, सचिवहरु नै कारबाहीको सिफारिसमा

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको पोसाक नलगाउने र समयमा कार्यालय नआउने पाँच सय २१ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । सतर्कताले सिंहदरबारभित्र बिहीबार छड्के निरीक्षण गर्दा सहसचिव, उपसचिव र अन्य विभिन्न तहका पाँच सय २१ कर्मचारीले कार्यालयमा उपस्थित हुनुपर्ने समय र लगाउनुपर्ने पोसाक प्रयोग नगरेको पाइएको थियो । सतर्कताले कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको आजको नयाँ पत्रिकामा खबर छ । थप पढ्नुहोस्