कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

२३ वैशाख, काठमाडौं । पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् । सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हुँगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा दुई वर्षभित्र निर्माण कार्य पूरा हुने र यम्घाको दर्पुकघाट निर्माणका लागि डिजाइनको चरणमा रहेको छ । थप पढ्नुहोस्

कालीगण्डकी करिडोरमा थप बेलिब्रिज चाँडै

१२ पुस, काठमाडौं । कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–८ स्थित लौहाखोला ‘बेलिब्रिज’ निर्माण डेढ महिनामा पूरा हुने भएको छ । उक्त पुल बनेपछि बागलुङ–गुल्मीखण्डमा वर्षायाममा पनि यातायातका साधन सञ्चालनमा आउने छन् । यसअघि गत असोजमा बागलुङ खण्डमा तीनवटा तथा गुल्मी खण्डमा एउटा ‘बेलिब्रिज’ निर्माण भई सञ्चालनमा आएका छन् । नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले लौहा खोला ‘बेलिब्रिज’ निर्माणसँगै सडक सुधारको काम भइरहेको जनाएको छ । थप पढ्नुहोस्

दशैंको आगमनसँगै बेलिब्रीजबाट यातायात संचालन

११ असोज, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले निर्माण गरेका चार बेलिब्रीज मंगलबारबाट संचालनमा आएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बागलुङमा पर्ने तीन र गुल्मीको एउटा बेलिब्रीजको उद्घाटन गरेपश्चात बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखाला, वडा नं ७ को जैदीस्थित चौंरीखोला, वडा नं ८ छिस्तीको पालुङखोला र गुल्मीको कालीगण्डकी गाउँपालिका–५ स्थित गौदीखोलाको बेलिब्रीज हुँदै यातायात संचालन हुन लागेको हो । थप पढ्नुहोस्