२० वर्ष नपुगेका किशोरीको दुई घरबार, २ श्रीमान् र दुई सन्तान

१९ चैत, काठमाडौं । एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना अभाव तथा अशिक्षा नै बालविवाहको मुख्य कारक तत्व रहेको अधिकारकर्मीको भनाइ छ । थप पढ्नुहोस्

भारतीय कोठीबाट १ किशोरीसहित ३ बालिकाको उद्धार

सन्तोषी अधिकारी २२ असोज, काठमाडौं । भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपाललले चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन् । भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएका उनिहरुलाइृ चितवन ल्याइने बताईएको छ । यस्तै भारतको मुम्बइस्थित अर्को कोठीबाट तीन नेपाली बालिकाको समेत उद्धार गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए । ती बालिकाहरुको ठेगाना भने खुल्न सकेको छैन । थप पढ्नुहोस्