महेन्द्रनगर र विराटनगर विजयी

२३ चैत, काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स विजयी भएका छन् । महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई चार विकेटले तथा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित ग¥यो । संघीय प्रहरी इकाइ कार्यालय धनगढीको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४४ रन बनायो । १४५ रनको विजय लक्ष्य पाएको महेन्द्रनगरले १८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । थप पढ्नुहोस्

नेपालको पहिलो खेल जिम्बावेसँग ( खेल तालिका सार्वजनिक )

४ फागुन, काठमाडौं । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसिसिले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ । डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । थप पढ्नुहोस्

नेपाली युवा क्रिकेट टोली मलेसियातर्फ

२३ भदौ, काठमाडौं । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङ्कङ, चीन र म्यानमार छन् । नेपालले आफ्नो पहिलो खेल २६ गते सोमबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । थप पढ्नुहोस्

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको सुखद सुरुवात

९ जेठ, काठमाडौं । प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले आर्मीलाई १०४ रनको लक्ष्य दियो । पूर्वाञ्चलले ३२।३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनको सामान्य योगफल खडा गरेको थियो । त्यस्तै १०४ रनको विजय लक्ष्य पच्छाएको आर्मीले १८ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । थप पढ्नुहोस्