गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता

१९ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो । गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिलालाई नागरिकता वितरण गरिएको शिविरका लागि गएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए । थप पढ्नुहोस्

भारतीय पक्षले एकपक्षीय पुल हालेर गाउँ पस्न थालेपछि नेपालीले गरे विरोध

१५ चैत, काठमाडौं । भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अन्तराष्ट्रिय सीमानदी महाकालीमा फेरी अस्थायी काठे पुल लगाएको छ । व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका बासिन्दाले भारतीय पक्षले लगाएका पुल धमाधम भत्काए पछि फेरी पुल लगाएर नेपाली भुमि मिच्न खोजेको छ । व्यासका २ दुम्लिङ्गका बासिन्दाले राप्लाको तल्लो दुम्लिङ्गस्थित महाकाली नदीमा आफूहरुलाई भारतीय पक्षले अस्थायी पुल राख्न अवरोध गरेको भन्दै मंगलबार बेलुकी भारतीय पक्षका पुल भत्काएका थिए । थप पढ्नुहोस्

भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

२६ भदौ, काठमाडौं। डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुर्गममा रहेको वर्षात्का कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामीको सहज उपचारका लागि भन्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भागेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ५ को चौगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टको विशेष पहलमा सञ्चालन गरिएको हो । थप पढ्नुहोस्

भारतमा अमेरिकी राष्ट्रपतिको नाउँमा गाउँ, कार्टर पछि अर्को ट्रम्प गाउँ

११ असार, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट नजिकै पर्ने एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको समाचार छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने सो गाँउमा अधिकांश मुस्लिम समुदायको बस्ती रहेको छ । ट्रम्प नाम दिइएको सो गाँउ नयाँदिल्लीबाट करिब ८० किलोमिटर टाढा पर्दछ । थप पढ्नुहोस्