छुट्टाछट्टै दुर्घटनामा २ को मृत्यु, ३ घाइते

१० फागुन, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् । दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए । थप पढ्नुहोस्

कुकुरले टोक्दा १३ जना घाइते

२३ माघ, काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । बर्दिवास–१ को चोकबजार क्षेत्र र बर्दिवास–१४ को हटिया क्षेत्रमा सोमबार एकै दिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका बेला कुकुरले एक्कासि झम्टेर घाँटीभन्दा माथि टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । कुकुरले टोकेकामध्ये बढीजसो बालबालिका छन् । घाइतेको बर्दिवास अस्पताल, शुभस्वस्तिक अस्पताल र जनसेवा अस्पतालमा उपचार भइरहेको छ । थप पढ्नुहोस्

जिल्ला अस्पताल उदयपुरमा चरम लापर्बाही, प्रजिअले चाले कडा कदम

१२ पुस, काठमाडौं । जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सिटेनीपाखामा मंगलबार अपराह्न २ः३५ बजे बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने तीनजना सख्त घाइते भएका थिए । थप पढ्नुहोस्

कालीकोटमा कर्फ्यू दुई दर्जन घाइते

८ पुस, काठमाडौं । म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् । स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ । थप पढ्नुहोस्

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४६ लडाकू मारिए

२२ साउन, काठमाडौं । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ३४ जना तालिवान लडाकूको मृत्यु भएको छ । अफगान प्रहरीले चलाएको विषेश सुरक्षा कारबाहीको अभियानमा उनीहरु मारिएको र थप २९ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जनाएको छ । बाघ्लान प्रान्तको मर्काजी जिल्लामा प्रहरीले विषेश सुरक्षा इकाइको रुपमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बताएको छ । तालिवान विरुद्धको सुरक्षा कारबाही शृङ्खलाबद्ध तरिकाले भइरहेको छ । थप पढ्नुहोस्

जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

२४ जेठ, काठमाडौं । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य भएका छन् । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य भएका हुन् । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उनलाई प्रहरीको गोली लागेको थियो । उनी सँगै आठ व्यक्तिलाई गोली लागेर ज्यान गुमाएका थिए । खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । थप पढ्नुहोस्