सन्दर्भ : राष्ट्रिय सहकारी दिवस

नारायण अधिकारी २० चैत, चितवन । औलोको प्रकोपका कारण चितवनमा बस्न त्यतिबेला धेरै कठिन थियो । पहाडबाट झर्नेहरूका लागि के खाने र के गर्ने भन्ने अन्र्यौल थियो । त्यही अन्यौल चिर्न यहाँका सचेत व्यक्तिले सहकारी स्थापना गरे । जसले पहाडबाट यहाँ आउनेलाई खुवाउनका लागि धर्म भकारीदेखि ढड्डी फाँडेर खेती किसान गर्न सहयोग गथ्र्यो । त्यो थियो ‘बखान सहकारी’ । विसं २०१३ चैत २० गते आजकै दिन यो सहकारी दर्ता भएको थियो । त्यतिबेलाका संस्थापकको भनाइमा नेपाल सरकारका रजिष्ट्रार कृष्ण बम मल्लले यो सहकारी दर्ता गर्नुभयो । जसको दर्ता नं १ रह्यो । थप पढ्नुहोस्

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन, जीव विज्ञान सम्मेलन धुलिखेलमा

२६ माघ, काठमाडौं । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो । सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको हव बनाउनुपर्नेमा जोड दिए । थप पढ्नुहोस्

शहीद घोषणाको बाँदरमुढे पीडितद्वारा स्वागत

१२ माघ, काठमाडौं । बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई शहिद घोषणा गरेकामा समितिले एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो । समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेद्वारा जारी विज्ञप्तिमा लामो समयदेखि आफूहरुले राखेको माग वर्तमान सरकारले सुनुवाइ गरेको उल्लेख छ । थप पढ्नुहोस्

चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

२३ पुस, काठमाडौं । एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । आज १२ बजेसम्म कुनै पनि उडान हुन सकेन । भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री यथावत् थियो । थप पढ्नुहोस्

आन्तरिक पर्यटकले सौराहा भरियो

१७ पुस, काठमाडौं । पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् । यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए । “करिब करिब १५÷२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भने, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।” आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बताएका छन् । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् । थप पढ्नुहोस्

यातायात व्यवसायीको राष्ट्रिय महाधिवेशन चितवनमा

१४ पुस, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन माघको १७ देखि १९ गतेसम्म चितवनको नारायणगढमा हुने भएको छ । सो महाधिवेशन चितवनमा गर्नका लागि महासंघका कावा अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन मूल समिति गठन गरिएको छ । समितिले आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गरी मुलुकमा सडकको अवस्था तथा यातायात व्यवसायको क्षेत्रमा भएका प्रगतिको समीक्षा र आगामी दिनमा विकास गर्नुपर्ने व्यावसायिकताबारे छलफल गर्ने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । थप पढ्नुहोस्

वामपन्थीले पाएको जनमत शंकासहितको जनमतः अध्यक्ष दाहाल

२६ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीले पाएको जनमत शंकासहितको जनमत भएको बताएका छन् । चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि हिजो नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभामा उनले भने “हामीले केही गरेनौँ भने जनताले हामीलाई मान्ने छैनन् ।” अध्यक्ष दाहालले एकढिक्का भएर देशको विकास र समृद्धिमा जुट्नु पर्ने बताउँदै “हामीमा जीतको उन्माद होइन, समृद्धिको दृढ ईच्छाशक्ति चाहिन्छ, हामी त्यो दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछौँ” । थप पढ्नुहोस्

कलैयामा बम विस्फोट, चितवनबाट विप्लपका इन्चार्ज बिसी पक्राउ

४ मंसिर, काठमाडौं । आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताएका छन् । निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नंको जिपमा विस्फोट भएकामा मानवीय क्षति नभई गाडीमा सामान्य क्षति भएको छ । इन्चार्ज बिसी पक्राउ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । थप पढ्नुहोस्

भैंसी अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणापत्र जारी

२ मंसिर, काठमाडौं । ‘भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र बनाइ त्यस अन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र‘ बनाउने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमका डिन डा भूमिनन्द देवकोटाले जानकारी दिए । थप पढ्नुहोस्

निःशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परीक्षण, मिर्गौला रोगीलाई रु १० लाख सहयोग

२३ असोज, काठमाडौं । पर्वत जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ । जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देवीस्थानमा छुट्टाछुट्टै शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त संख्याका बिरामीको परीक्षण गरिएको हो । आइतवार कुश्मामा सञ्चालित शिविरमा झण्डै ५०० र शनिबार फलेवासमा सञ्चालित शिविरमा २५० भन्दा बढीको परीक्षण गरिएको आयोजक लायन्स क्लब अफ शिवालयले जनाएको छ । थप पढ्नुहोस्