केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै, उपत्यकामा मोनोरेल चलाउन चिनियाँ कम्पनी इच्छुक

२२ वैशाख, काठमाडौं । केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् । रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने तयारी गरेका छन् । रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि यहाँ आउन लागेको हो । थप पढ्नुहोस्

माक्र्सवादलाई चीनले थप उचाइमा लग्नेछ : राष्ट्रपति सी

२१ वैशाख, काठमाडौं । विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताएका छन् । “चीनले माक्र्सवादको झण्डालाई उच्च बनाइरहने र माक्र्सवादका अनुयायीका लागि आफ्नो दल सधैँ अभिभावक बनी माक्र्सवादी दर्शनको सधैँ अभ्यास गरिरहने छ,” सीले बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ को औपचारिक भ्रमणका समय उक्त कुरा बताएका हुन् । थप पढ्नुहोस्

दुई कोरियाबीचको बार्ताको भारत र चीनद्वारा स्वागत

२८ पुस, काठमाडौं । दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन् । कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता कायम हुने भारत र चीन दुवै देशले विश्वास व्यक्त गरेका छन् । भारतले कोरिया प्रायद्वीपको स्थिरता, शान्ति, संवृद्धि र मेलमिलापका लागि सहयोग गर्न तयार रहेको बिहीबार जनाएको छ । थप पढ्नुहोस्

चीनको लगानी झापामा, औद्योगिक उद्यान बन्दै

१३ पुस, काठमाडौं । झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीको एक टोलीले आज स्थलगत अवलोकन गरेको छ । औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोलीले दिनभर औद्योगिक क्षेत्र स्थलगत अध्ययन गर्नाका साथै सरोकार भएकाहरुसँग अन्तरक्रियासमेत गरेको छ । थप पढ्नुहोस्

चीनमा सङ्क्रामक रोगका कारण नोभेम्बरमा मात्रै दुई हजार व्यक्तिको मृत्यु

४ पुुुस, काठमाडौं । चीनमा सङ्क्रामक रोगका कारण करिब दुई हजार जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले सोमबार जनाएको छ । नोभेम्बरमा पाँच लाख ७७ हजार २४७ जना सङ्क्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेकोमा एक हजार ९५८ जनाको मृत्यु भएको आयोगले जनाएको छ । मृतकमा प्राय योनजन्य रोगको सङ्क्रमण र क्षयरोग तथा भाइरल ज्वरोको समस्या भेटिएको बताइए पनि हैजा तथा महामारीका समस्याका कारण भने कसैको मृत्यु नभएको आयोगले जनाएको छ । थप पढ्नुहोस्

चीनमा भएको आगलागीमा परी १९ को मृत्यु

४ मङ्सिर, काठमाडौं । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ । आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो । स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन् । थप पढ्नुहोस्

अमेरिका चीनसँग आग्रह गर्दै

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गरेका छन् । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी भोजमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई ‘टोस्ट’ दिँदै भने, “हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ । थप पढ्नुहोस्

चीन आधुनिक युगको तेस्रो चरणमा प्रवेश, सी माओपछिका सर्वशक्तिमान नेता

८ कार्तिक, काठमाडौं । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो । पार्टी विधानमा सीको नयाँ युगलाई महत्त्वपूर्ण विचारधारा र वैज्ञानिक विकाससम्बन्धी धारणासँगै मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशिका बनाउने कुरा समेटिएको छ । थप पढ्नुहोस्

चीन बन्यो सबै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश, श्रीलङ्कामा सय जना कामदार विरामी

२६ असोज, काठमाडौं । अमेरिकालाई समेत पछि पार्दै चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् । उनले गत बर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दावी गरे । थप पढ्नुहोस्

सहमति कार्यान्वयन भए नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने

२७ भदौ, काठमाडौं । नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ । चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौँमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ । सिगात्सेबाट काठमाडौँसम्म ७२४ किलोमिटर छ भने गन्सुबाट काठमाडौँ दुई हजार ४३१ किलोमिटरको रेलमार्ग दूरी पर्छ । सगरमाथाको उत्तरी मोहडाको करिब पाँच हजार मिटर उचाइमा पर्ने स्थानमा सुरुङ खनेर सो रेलमार्ग बन्नुपर्नेछ । थप पढ्नुहोस्