भारतीय प्रम मोदीको भ्रमणका विषयमा ४ सुरक्षा निकायको बैठक, जनकपुर र मुक्तिनाथमा सुरक्षा व्यवस्था कडा

२० वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकायको बैठक आज सम्पन्न भएको छ । बैठकमा अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखको सहभागिता थियो । उनीहरुले खुला सिमानाका कारण धेरै चुनौती रहेकाले कडा सुरक्षा व्यवस्था अपनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिए । आठ वटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । थप पढ्नुहोस्

प्रदेश २ बाट किन लेखे लालबाबुले प्रधानमन्त्रीलाई पत्र ?

१३ फागुन, काठमाडौं । प्रदेश २ मा कर्मचारीहरु हालसम्म उपस्थित नभएपछि मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रधानमन्त्रीलाई सहयोगका लागि पत्र लेखेका छन् । प्रदेश २ मा संघीय सचिवालयबाट खटाइएका कर्मचारी बिना जानकारी कार्यस्थलमा नआएपछि मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई सहयोगको लागि शनिवार पत्र लेखेका हुन् । मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा खटाइएका कर्मचारीहरू अझै पनि उपस्थित नभएको र प्रदेशका लागि चाहिने आवश्यक स्रोत र साधनको पनि अभाव रहेको भन्दै सहयोग गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका हुन् । थप पढ्नुहोस्

१८,२०० को उम्मेदवारी दर्ता, उमेद्दारहरु अझै लाइनमा

२१ भदौ, काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । साँझ ६ः३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमा १८ हजार २०० को उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिए । थप पढ्नुहोस्

जनकपुर एयरपोर्ट डुवानमा, कमला नदीको बाढीबाट दर्जनभन्दा बढी गाउँमा बेहाल

२८ साउन, काठमाडौं । महेन्द्रनगर लगायत समस्त धनुषा जिल्लाको जनजीवन तीन–चार दिनदेखिको भारी वर्षाले अस्तव्यस्त तथा कष्टकर बनेको छ । सहरी क्षेत्रमा पानीको निकासको लागि व्यवस्थित नाला र गाउँघरमा कुलो नभएपछि सहर, गाउँ, हाटबजार तथा विभिन्न विद्यालय जलमग्न भएका छन् । अविरल वर्षाले विद्यार्थी विद्यालय जान पाएका छैनन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सवारी आवागमन ठप्प भएको जनकपुर अञ्चल बस व्यवसायी संघले जनाएको छ । सदरमुकामबाट गाउँमा ओहोरदोहोर गर्ने बसहरु चलेका छैनन् । बजार र सहरमा किनमेल गर्ने तथा अन्य कामले आउने मानिसको आवागमन निकै कम भएको छ । थप पढ्नुहोस्