जनप्रतिनिधि र सरकारी अधिकारी नै चोरी–निकासीमा व्यस्त

काठमाडौं । बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ । जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी–निकासी गरेका छन् । थप पढ्नुहोस्

कम्प्युटर सिक्दै जनप्रतिनिधि

७ वैशाख, काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् । कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न थालेका हुन् । थप पढ्नुहोस्

निर्वाचन आयोगलाई नटेर्ने यी जनप्रतिनिधिले टेर्लान्न् त जनतालाई ?

३ फागुन, काठमाडौं । चुनव सकिएको महिनौँ वितिसकेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई अनुरोध गरेको गरेकै छ । तर पनि हाम्रा जनप्रतिनिधिहरु आयोजको सूचनालाई लत्याउँदै हिँडि रहेका छन् । सुनेको नसुन्यै भइरहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोक्ने व्यवस्था रहेको छ । थप पढ्नुहोस्

जनप्रतिनिधि बैंक र वित्तीय संस्थाको सञ्चालक हुन नपाउने

९ साउन, काठमाडौं । जनताबाट निर्वाचित जनप्रतिनिधिले बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा अध्यक्ष हुन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गरी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरिएको जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था ऐनमा भएको प्रावधानबमोजिम केन्द्रीय बैंकले निर्देशिका जारी गरेको हो । थप पढ्नुहोस्

समृद्ध सिन्धुली अभियानसँग हातेमालो गरेर अघि बढ्ने उद्घोष

सिन्धुलीगढीमा २५० औं विजयोत्सवलाई भब्य बनाउने जनप्रतिनिधिको प्रतिवद्धता १ असार,काठमाडौं । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सेनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका हुन् । थप पढ्नुहोस्