टेलिकमका ग्राहक करीब २ करोड

२३ वैशाख, काठमाडौं । नेपाल टेलिकमको ग्राहक आधार करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ । टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) ‘म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ मिस रिपोर्टअनुसार एक करोड ९१ लाखभन्दा बढी ग्राहक संख्या पुगेको हो । कम्पनीका अनुसार फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७२२ पुगेको छ । थप पढ्नुहोस्