कैलाली खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म १०० सीमास्तम्भ मर्मत, ३१ नयाँ थप

काठमाडौं । नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ । संयुक्तसीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गरेका नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामीले सो क्षेत्रका थप ३१ सीमास्तम्भ निर्माण गरिएको जानकारी दिए । सीमा क्षेत्रमा पर्ने ६५९ सीमास्तम्भको रेकी कार्य (पूर्वेक्षण) गरी निर्माण र मर्मत गरिएको चार नं सीमा सर्भे टोलीका प्रमुखसमेत रहेका धामीले बताए । थप पढ्नुहोस्