राप्ती आँखा अस्पताललाई रु ५ लाख

६ चैत, काठमाडौं । नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व डा अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग गरेको छ । मंगलबार अस्पतालमा पुगेर परिवारले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । स्व अल्वर्टका श्रीमती डा सिसेल हल्डेन, छोरा डा हेनीक अल्वर्ट कोलस्टाडले राप्ती आँखा अस्पताललाई रु पाँच लाखको चेक सहयोग हस्तातरण गरेका हुन् । थप पढ्नुहोस्