वाइसिएलको भोलीदेखि एक महिने खबरदारी अभियान

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) ले भोली देखि एक महिने खबरदारी अभियान सञ्चालन सुरु गर्ने भएको छ । खबरदारी अभियान देशब्यापि रुपमा हुने र अभियान काठमाडौं महानगरपालिका र काठमाडौंकै तार्केश्वर नगरपालिकाबाट शुरु हुने बताइएको छ । स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिले स्थानीय माझ प्रतिबद्धताहरु अहिलेसम्म पनि पूरा नगरेकाले खबरदारी अभियान सञ्चालन गर्नुपरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । थप पढ्नुहोस्