यस्तो छ पोतेसँग जोडिएको नेपाली इतिहास


Share This


नेपालबहस संवाददाता    43 Views

काठमाडौं ।  हिन्दु महिलाहरुले सौभाग्यको प्रतीक मानेर लगाउने चुरा पोतेसंग जोडिएको इतिहास धेरै पुरानो रहेको बुढापाकाहरु बताउछन् ।

कश्मिरको लग्दादबाट नेपाल आएका मुसलमानहरु ३ सय बर्षदेखि आफुहरुले यो व्यवसाय गर्दै आएको बताएका छन् । उनीहरुका अनुसार १६ औँ शताब्दीदेखि भारतबाट व्यापारिक प्रयोजनका लागि नेपाल आएका मुसलमानहरू व्यापार फस्टाउन थालेपछि यतै बसेर व्यापार गरेको बताउछन् ।

Image result for चुरा पोते

उनीहरुले काठमाडौं मा हिन्दू महिलाहरूले सौभाग्यको प्रतीक मानेर लाउने चुरा र पोतेको व्यापार गर्छन्। यो ठाउँ चुरा र पोतेको लागि निकै प्रसिद्ध मानिन्छ । उनीहरुको यो पेसा पुर्ख्यौली व्यवसाय भएकाले अहिले युवा पुस्ता पनि यसमा संलग्न रहेको बताएका छन् ।

Related image

पोते व्यापारी इमाम उद्धिन भन्छन्, यो हाम्रो परिवार व्यसाय हो यसमा चोखो कमाइ छ सबै जना यसैमा नै काम गर्छौ । उनले अनुसार बार्षिक रुपमा राम्रो व्यापार हुदै आएकोमा साउन महिनामा ग्राहकको धेरै भिडभाड हुने बताए । बिबिसी

तपाईको प्रतिक्रिया