कांग्रेसले अग्रता लिएका नगरपालिकाहरु यी हुन्


Share This


बिनोद भगत    115 Views

हिजो ३१ गते आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले सम्म जारी  नै छ र  मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको अवस्था छ।

अहिलेसम्म मत गणना भइरहेका महानगर र नगरपालिका मध्ये कांग्रेसले ललितपुर महानगरमा अग्रता कायमै राखेको छ भने दोलखाको जिरी, जुम्लाको चन्दनाथ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। त्यस्तै काठमाडौंका कागेश्वरी र चन्द्रागिरी नगरपालिकामा कांग्रेसका उम्मेदवार नै अगाडि छन्।

यसै गरि गोरखा नगरपालिकामा पनि कांग्रेस उम्मेदवार अग्रस्थानमा छन्। नवलपरासीको देवचुली नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्।

तपाईको प्रतिक्रिया