बुद्ध फाउन्डेसनमा ५ सय विद्यार्थीले दिए प्रवेश परीक्षा


Share This


नेपालबहस संवाददाता    31 Views

बिरगंज । बुद्ध फाउन्डेसन कलेजमा विज्ञान र व्यवस्थापन लागी कक्षा ११ मा ५ सय भन्दा बढि छात्रछात्राहरुले प्रवेश परिक्षा दिएका छन् ।

विरगंज को पावर हाउस नज्जीक रहेको बुद्ध फाउन्डेसनले भुकम्प रोधक भवन निर्माण गर्नु को साथै प्रत्यक कक्षा कोठामा आधुनीक ल्याब को व्यवस्था समेत भएको बुद्ध फाउन्डेसन का निर्देशक डा.हरिशंकर साहले बताए ।

बुद्ध फाउन्डेसन कलेजमा नयाँ भवन को प्रथम प्रवेश परिक्षामा प्याबसन पर्साका आबद्ध सम्पूर्ण शिक्षकहरु को सहभागीता देखिएको थियो ।

कार्यक्रम मा फाउन्डेसन का निर्देशक डा.हरिशंकर साह, प्याबसन पर्साका कोषाध्यक्ष सरोज चौधरी, सचीव छेदुप लामा, पुरन प्रधान, लालबहादुर गूरुङ्ग, नेपाल टेलिभिजनका नेहाल खान लगायत का विभिन्न व्यवक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम मा बुद्ध फाउन्डेसन का अंकित भेष्ट लगाई आमन्त्रित सबैलाई डा.हरिशंकर साह ले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया