fbpx

ने क पा स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको कडा आलोचना



नेपालबहस संवाददाता
 




काठमाडौं । शनिबारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा आज बाट सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । आजको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् ।
धारणा राखेका मध्ये अधिकांश नेताहरु नेतृत्व अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

बैठकमा बोल्ने क्रममा नेता घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आलोचना गरेका छन् । उनले पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्ने खतरा हुने बताए ।

बैठकमा  नेता हरिबोल गजुरेल र अग्निप्रसाद सापकोटाले खुलेर विरोधमा उत्रिएका थिए । उनीहरुले नेतृत्वले आत्मआलोचना गर्दै पार्टीलाई एकजुट भएर अघि बढाउन पहल गरिनुपर्नेमा जोड दिएका थिए ।

यस्तै नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा केन्द्रीत रहेका थिए । उनको प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिइएको छ ।


यस्तै बैठकमा युवराज ज्ञवाली, मुकुन्द न्यौपाने गणेश साह, वेदुराम भुषाल र अष्ठलक्ष्मी शाक्यले पनि सरकारको कार्यशैलीको कडा रुपमा आलोचना गरेको बैठकमा सहभागि ती नेताले जानकारी दिए । ‘बैठकमा बोल्ने नेताहरुले गौतमको पूरक प्रस्ताव समग्रमा सही भएपनि बढी नकारात्मक रहेको र सबै विषयलाई नकारात्मक रुपमा पनि लिन नहुने धारणा राखेका थिए ।

आजको बैठकमा ९ नेताहरु पार्टी नेतृत्व र सरकारको आलोचनामा एकमत हुँदा मन्त्रीसमेत रहेका नेता शक्ति बस्नेत भने बचाउमा देखिएका थिए । अर्को बैठक भोली बिहान ८ देखि ११ बजेसम्म फेरि बस्ने छ ।


सम्बन्धित समाचार