fbpx

कोदालोले हानेर आमाको हत्या



नेपालबहस संवाददाता
 




सुर्खेत । छोराले कोदालो प्रहार गर्दा दैलेखमा एक महिलाको मृत्यु भएको छ। नारायण नगरपालिका–३ भुर्तीका २६ वर्षीय बालाराम नेपालीले कोदालो प्रहार गर्दा ४७ वर्षिय आमा पार्वती सार्कीको मृत्यु भएको हो। मानसिक सन्तुलन बिग्रेका बालारामले आत्महत्या गर्न नदिएपछि आमाको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलका अनुसार आत्महत्या गर्न लागेका बालारामलाई आमा पावर्तीले बचाएकी थिइन्।


आत्महत्या गर्न नपाएको झोँकमा बालारामले कोदालो प्रहार गर्दा पार्वतीको घटनास्थलमै मृत्यु भएको हो। बालारामले आमा पार्वती हत्यापछि अन्य तीन जनामाथि आक्रमण गरेका छन्। उनले जथाभावी ढुङ्गामुढा गरेपछि हजुरआमा ७० वर्षीय जुहारा नेपाली, ६४ वर्षीया मनधरा नेपाली र २४ वर्षीया कौशिला नेपाली घाइते भएकी छन्। हजुरआमा जुहारा गम्भीर घाइते भएकी छन्।

मनधराको हात र कौशीलाको खुट्टामा चोट लागेको छ। घाइतेहरुको जिल्ला अस्पताल दैलेखको उपचार भइरहेको डिएसपी पोखरेलले बताए। बालाराम प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान थालिएको उनले जानकारी दिएका छन्।


सम्बन्धित समाचार