fbpx

रौतहटको गरुडामा तनाव, प्रहरीद्धारा ५ राउन्ड हवाइ फायर



नेपालबहस संवाददाता
 




रौतहट । रौतहटको गरुडा नगरपालिकास्थित बिर्तामा आज साझ प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय हाट बजारमा विवाद हुँदा झडप भएको हो । स्थानीय दुई समूहबीच कुटाकुट र झगडा भएपछि छुट्टाउन भनि गएको प्रहरीसँगै स्थानीयहरु जाईलागेपछि तनाव भएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी जानकारी दिए ।

मंसिर २८ गतेको घटनालाई लिएर स्थानिय हाटबजारमा नचिनीएक २ ३ जनाको समुहमा आएका युवाले विवाद गर्न खोजे पछि दुई समुहको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अँश्रु ग्यास प्रहार गरेको रौतहटका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

आज साझ हाट बजारमा दुई समुहबिचको विवादले उग्र रुप लिएपछि प्रहरीले ५ राउन्ड हवाइ फायर र ७ राउन्ड अँश्रु ग्यास प्रहार गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको रौतहटका डीएसपी मरासिनीले बताए । मरासिनी भने , गत मंसिर २८ गतेको विवादका बारेमा हिजो पनि जिल्ला प्रहरी कार्यालयमा बसेर सम्झौता भएको छ ।

सम्झौतामा आव दुवै पक्ष समुदायमा मिलेर बस्ने होहल्ला नगर्ने लगायतका विषयमा समझौता भएको छ । डीएसपी मरासिनीका अनुसार हाट बजारमा विवाद गराउने सम्हकोे पहिचान भैइसकेको र तत्काल नै कारबाहीको दायरमा ल्याउने बताएका छन् ।


सम्बन्धित समाचार