fbpx

सरकार कानूनमार्फत पत्रकारलाई तर्साउँदै : अध्यक्ष आचार्य



नेपालबहस संवाददाता
 




दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले पत्रकारले गरेको गल्तीलाई अपराधीका रुपमा लिने गरिएको भन्दै अपत्ती जनाएका छन् । नेपाल पत्रकार महासंघ दाङको २६ औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बोल्दै पत्रकारले गरेका गल्तीलाई अपराधीका रुपमा लिएकोमा उनले अपत्ती जनाएका छन् ।

फौजदारी संहिताले पत्रकारलाई कानून लगाउने भाषा बोलेको उल्लेख गर्दै अध्यक्ष आचार्यले यसका लागि आफूहरुले आन्दोलन गरेको बताए । उनले प्रेस स्वतन्त्रताका लागि कुनै पनि सम्झौता नहुने बताए ।

साना सञ्चार माध्यमहरुले विकास निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष अचार्यले कामको बेलामौकामा समीक्षा हुन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारले पनि आफ्नो जिम्मेवारीलाई बोध गरेर काम गर्नुपर्ने बताए ।


सम्बन्धित समाचार