fbpx

एनएमबी बैंकमा खाता खोल्दा १० लाखको निशुल्क बीमा तथा बिनाधितो १० लाखसम्म ऋण सुविधा



नेपालबहस संवाददाता
 




काठमाडौं । बेलायतबाट दोस्रोपटक बैंक अफ द इयरको सम्मानप्राप्त गरेको एनएमबी बैंकले ७ प्रतिशत ब्याजदर मै सहुलियतपुर्ण कर्जा दिने भएको छ । समृद्ध नेपालको लागि बैंकिङको लक्ष्य लिएको एनएमबी बैंकले समग्र कृषि क्षेत्रको विकास र विस्तारमा योगदान गर्ने उद्देश्यले बिनाधितो सात प्रकारका कर्जा प्रदान गर्ने भएको हो ।

वर्तमान सरकारद्धारा जारी “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघुउद्यमका लागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबी बैंकले लघु तथा विपन्नवर्ग कर्जाअन्तर्गत “एनएमबी सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको हो ।

“एनएमबी सहुलियतपूर्ण कर्जा” लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा लक्षित छ । जसअन्तर्गत सात प्रकारका कर्जाहरु १० लाखसम्म बिनाधितो दिनेछ । फलस्वरुप ग्रामिण क्षेत्रका विपन्नवर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले व्यक्त गरे ।


एनएमबी बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्र्तगत रु. १० लाखसम्म , शिक्षित युवा स्वरोजगार कर्जा रु. ७ लाखसम्म, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा रु. १० लाखसम्म , दलित समुदाय व्यवसाय विकास कर्जा रु. १० लाखसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा रु. ५ लाखसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा रु. ३ लाखसम्म तथा महिला उद्यमशीलता कर्जा रु. १५ लाखसम्म लगानी गर्ने जानकारी बैंकद्धारा आज आयोजित पत्रकार सम्मेलनमा दिइयो । यी सबै कर्जा बैंकले बिनाधितो उधमीको परियोजना हेरी प्रदान गर्नेछ ।

यो कर्जामा महिलाले लगानीको सय प्रतिशत नै कर्जा पाउनेछन् । ऋणका लागि सामान्य व्यावसायिक योजना सहित सामुहिक जमानी आवश्यक पर्ने उनले बताए। बैंकका जुनसुकै शाखा कार्यालयमा गएर ऋणको प्रस्ताव गर्न सकिनेछ

साथै उपरोक्त कर्जाका अतिरिक्त कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी बैंकले बैंकिङ्ग क्षेत्रमै अहिलेसम्मको नौलो “अग्रणी महिला कृषि कर्जा” पनि संचालनमा ल्याएको छ । जसअन्तर्गत उत्पादन लागतमा आधारित रहि रु.१५ लाखसम्मको कर्जा महिला कृषकहरुले प्राप्त गर्न सक्नेछन । यो कर्जामा महिलाले लगानीको सय प्रतिशत नै कर्जा पाउनेछन् । ऋणका लागि सामान्य व्यावसायिक योजना सहित सामुहिक जमानी आवश्यक पर्ने उनले बताए। बैंकका जुनसुकै शाखा कार्यालयमा गएर ऋणको प्रस्ताव गर्न सकिनेछ।

बैंकले देशको आयातमुखी अर्थतन्त्रले सिर्जित चालु व्यापारघाटा कम गर्न तथा आर्थिक बृद्धिदरमा टेवा पुर्याउन उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पत्रकार सम्मेलनमा बताए । एक सय अर्ब रुपैयाँको निर्यात गरेर १५ सय अर्ब रुपैयाँको आयात हुँदा लगातार शोधानान्तर बचत ऋणात्मक हुदै जानु र व्यापारघाटा चुलिएको बताउँदै उनले आफ्नोतर्फबाट योगदान पुर्याउन कृषि क्षेत्रमा लगानी बिस्तार गर्न खोजिएको बताए।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या आयात कम नहुन्जेल समाधान नहुने भन्दै उनले रेमिट्यान्सको पैसा जबसम्म विलासिताका क्षेत्रमा खर्च हुन्छ तबसम्म बचत नहुने र यसको प्रभाव बैंकिङ क्षेत्रमा पर्ने उनले उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्दै सीईओ केसीले भने – ” एनएमबी बैंकले दिगो आर्थिक विकास तथा मुल्य मान्यतामा आधारित बैंकिङ सेवा प्रदान गदै आएकोले बैंकले प्रदान गर्ने हरेक सेवासुविधा उक्त उद्देश्य लक्षित प्रयास हुनेछ । अन्य बैंकभन्दा एनएमबी बैंक फरक भएकाले यस्ता कर्जाका माध्यमबाट हाम्रा ग्राहकहरुको दीर्घकालिन आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास लिएको छु ।”

एनएमबी बैंकमा एक हजारको खाता खोल्दा १० लाखको निशुल्क बीमा उपहार

यसैगरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुबिधा प्रदान गर्ने उद्देश्यले “एनएमबी सहारा बचत खाता” अन्तर्गत विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम रु.१० लाखसम्मकोे बीमा सुविधा पनि उपलब्ध गराउने छ ।


शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेका अनुसार बचतकर्ताले एनएमबी बैंकमा खाता खोलेको ३० दिन पछिमात्र यो योजना कार्यन्वयन हुने तथा बिरामीले डाक्टरको प्रेस्कृप्सन तथा डायग्नोष्टिक रिर्पोटको आधारमै अर्थात औषधी उपचारको शुरुवात मै यस्तो सुविधा बिनाझन्झट प्राप्त गर्नेछन् । तर बचतकर्ताले खाता खोल्नु अगावै आफ्नो पूर्व रोगबारे भने जानकारी दिनु पर्नेछ ।

निर्जीवन बीमा कम्पनी मै उत्कृष्ट शिखर इन्स्योरेन्ससँगको सहकार्यमा बैंकले यस्तो स्किम ल्याएको हो । यस स्किमअन्र्तगत बचतकर्ताले एनएमबी बैंकको जुनसुकै शाखामा न्युनतम एक हजारको बचत खाता खोल्दा १० लाखसम्मको निशुल्क बीमा सुविधाप्राप्त गर्नेछन् । जसमा बैंकले सबै बचतकर्तालाई सात प्रतिशत ब्याज पनि उपलब्ध गराउनेछ । खाता खोलेको ३० दिनपछि परिपक्क हुने यो योजनामा बचतकर्ताले बचत रकमकोे चारगुणा रकम बीमाबापत प्राप्त गर्न सक्नेछन् ।

मानौं कुनै बचतकर्ताले एनएमबी सहारा बचत खातामा २ लाख रुपैंया राखेको छ र यदि ऊ कथ्मकदाचित बिरामी पर्यो भने उसले रु. ८ लाख बराबरको औषधिउपचार बीमा सुविधा पाउनेछ । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेका अनुसार बचतकर्ताले एनएमबी बैंकमा खाता खोलेको ३० दिन पछिमात्र यो योजना कार्यन्वयन हुने तथा बिरामीले डाक्टरको प्रेस्कृप्सन तथा डायग्नोष्टिक रिर्पोटको आधारमै अर्थात औषधी उपचारको शुरुवात मै यस्तो सुविधा बिनाझन्झट प्राप्त गर्नेछन् । तर बचतकर्ताले खाता खोल्नु अगावै आफ्नो पूर्व रोगबारे भने जानकारी दिनु पर्नेछ ।


सम्बन्धित समाचार