fbpx

विप्लव आतंकवादी, सीके राउत विखण्डनकारी :- सुरक्षा परिषद



नेपालबहस संवाददाता
 




काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र स्वतन्त्र मधेश अभियानको आवरणमा राष्ट्रिय अखण्डताविरुद्ध अभियान चलाउँदै आएका डा. सीके राउतका कारण मुलुक दीर्घकालिन अस्थिरतामा फस्ने खतरा रहेको औंल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार बुझाइएको राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदनमै विप्लव नेतृत्वको नेकपा र सीके राउत संयोजक रहेको स्वतन्त्र मधेश अभियानका गतिविधि देशकै लागि प्रमुख चुनौती रहेको औंल्याइएको उच्च स्रोतले नेपाल बहसलाई जानकारी दियो ।

“विखण्डनकारी र आतंकवादी गतिविधि कुनैपनि हालतमा सैह्य हुँदैन, यसलाई समयमै नियन्त्रण गर्न र आवश्यक सावधानी अपनाउनपनि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ ।”

“विप्लव र सीके राउत फरक फरक मिशन र उद्देश्यमा भएपनि दुवैबाट मुलुकलाई समस्यामा पार्न खोजिएको छ, यो विषय सुरक्षा परिषदको प्रतिवेदनमै उल्लेख गरिएको छ,” उच्च स्रोत भन्छ, “विखण्डनकारी र आतंकवादी गतिविधि कुनैपनि हालतमा सैह्य हुँदैन, यसलाई समयमै नियन्त्रण गर्न र आवश्यक सावधानी अपनाउनपनि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ ।”

प्रतिवेदन बुझाएपछि परिषद अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राष्ट्रिय एवं क्षेत्रीय कुनैपनि पक्षबाट खतरा नरहेको बताएका थिए । शुक्रबार प्रतिवेदन बुझाउन प्रधानमन्त्रीसँगै परिषद सदस्यहरु उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (वादल), अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, मूख्यसचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रपति भवन निवास शितल निवास पुगेका थिए ।

तर प्रतिवेदनमा प्रधानमन्त्रीले भने भन्दा फरक र चुनौती सामना कसरी गर्ने, को कोबाट चुनौती छ भन्ने विषय समेटिएको स्रोत बताउछ । सुरक्षा परिषदले इंकित गरेका विप्लव अहिलेपनि भूमिगत अवस्थामै छन् । उनीमाथि विध्वंसात्मक र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा विभिन्न जिल्लामा उजुरी परेको प्रहरी स्रोत बताउछ ।

त्यस्तै सीके राउत विखण्डनकारी गतिविधिमा संलग्न भएको अभियोगमा अहिले अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन् ।


सम्बन्धित समाचार