fbpx

कतारद्वारा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर खर्चिने



नेपालबहस संवाददाता
 




दोहा, कतार । खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।

दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले सम्मेलनलाई सम्बोधन गर्दै कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत्रमा लगानी गर्न खोजिरहेको बताए ।

कतारले आगामी पाँच बर्षमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्षेत्रमा २० अर्ब डलर लगानी गर्नेछ, उनले बताए । उनले भने, “यो योजनामार्फत् कतारको मुख्य लक्ष्य अर्बौं डलरको गोल्डेन पास एलएनजीको अन्तिम स्टेसन टेक्सासमा लगानी गरी पूरानो कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउने रहेको छ ।”

कतार पेट्रोलियमले एक्जेम मोविल र कोनोको फिलिप्ससँग मिलेर उक्त योजनामा ७० प्रतिशत लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत यि दुई फर्मको रहनेछ ।

कतारले आगामी पाँच बर्षमा आफ्नो ग्यास उत्पादन क्षमतामा बार्षिक एक करोड ६० लाख टन वृद्धि गर्ने र सन् २०२३ सम्ममा उत्पादनलाई बार्षिक एक अर्ब १० करोड टन पु¥याउने लक्ष्य लिएको छ ।

कतारले यर्स महिनादेखि साउदी अरबको प्रभाब रहेको तेल निर्यातकर्ता मुलुकहरूको संगठन ९ओपेक० बाट अलग्गिने घोषणा गरेको थियो । काबीले उक्त निर्णय कुनै राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएर नगरिएको बताए ।
–––


सम्बन्धित समाचार