fbpx

मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाए : कमल थापा



नेपालबहस संवाददाता
 




काठमाडौं । राष्ट्रिय प्रजातनत्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली राजनीतिका शिखर व्यक्तित्व, पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको मंगलबार बिहान निधन भएको समाचारले स्तब्ध र मर्माहत भएको छु । निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा. गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन ।

उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु,’ थापाले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार