fbpx

पूर्वप्रधानमन्त्री डा. गिरीको अन्त्यष्टि विद्युतीय शवदाह गृहमा गरिने



नेपालबहस संवाददाता
 




काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको हो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

कलेजोमा क्यान्सर रोग लागेका कारण उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै निधन भएको हो । पूर्व प्रधानमन्त्री डा.तुलसी गिरीको अन्त्यष्टि भोलि बुधबार अपरान्ह ३ बजे विद्युतीय शवदाह गृहमा हुने पारिवारिक स्रोतले जनाएको छ ।

डा.गिरीले जीवित छँदै आफ्नो अन्तिम संस्कार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिदिनु भनेर भनेको उनकी धर्मपत्नी साहारायोञ्जन गिरीले बताईन् । गिरि किस्चियन धर्मालम्बी हुन् 
।  पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ ।

थप समाचार यो लिंकमा हेर्नुहोला……

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन


सम्बन्धित समाचार