fbpx

अनुसन्धानमा लापरबाही गर्ने ८ प्रहरी विरुद्ध निर्मलाकी आमाले दिइन् जाहेरी



नेपालबहस संवाददाता
 




धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका १३ वर्षिया निर्मला पन्तकी आमा दुर्गादेवीले अनुसन्धानमा लापरबाही गर्ने ८ जना प्रहरी विरुद्ध उजुरी दिएकी छन्।

आज जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा लापरबाही गर्ने ८ जना प्रहरीलाई कारबाहीको माग गर्दै उनले उजुरी दिएकी हुन्। ‘निर्मलाको बलात्कार र हत्यापछि प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका तत्कालीन एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध मुद्दा आएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।

मुद्दा दर्ताको प्रक्रियामा रहेको एसपी कडायतले बताए। दर्तापछि अनुसन्धानको प्रक्रियामा जाने भएको छ । एसपी कडायतले उजुरीमा अनुसन्धान सलग्न प्रहरी अधिकारीहरुले प्रारम्भिक चरणमै लापरबाही गरेका कारण आफ्नी छोरीको हत्यारा पत्ता लाग्न नसकेको दुर्गादेवीले बताइन् ।


सम्बन्धित समाचार