fbpx

कांग्रेस महासमिति बैठक : ११ जना प्रतिनिधिद्धारा साझा धारणा पेश



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा ११ जना प्रतिनिधिहरुले साझा धारणा पेश गरेका छन्। पार्टीलाई नयाँ ढंगले अघि बढाउन ठोस खाका र स्पष्ट योजनासहित अघि बढ्नुपर्ने भन्दै साझा धारणा पेश गरेको नेता नवराज गुरुङले जानकारी दिए ।

आज सभापति शेरबहादुर देउवालाई बुझाएको पत्रमा पार्टीको विधान, राजनीतिक प्रस्ताव, आर्थिक प्रस्ताव, संगठनात्मक प्रस्तावबारे धारणा पेश गरिएको छ।

साझा धारणा पेश गर्नेमा पोखरेलसहित संखुवासभाका दीपक खड्का, जाजरकोटका राजिवविक्रम शाह, डोटीका भरत खड्का, भोजपुरका उमेश जंग रायमाझी, भक्तपुरका विनोद कायस्थ, नुवाकोटका रमेशकुमार महत, सप्तरी रञ्जीत कर्ण छन्।

 पर्वतका नवराज गुरुङ, बाकेका निरञ्जन सिजापती र जनसम्पर्क समिति जापानका चिरञ्जीवी थापा छन्
थप समाचार यो लिंकमा हेर्नुहोला ……..

कांग्रेस महासमिति बैठकमा हात हालाहाल ! प्रवक्ता भन्छन् : “केहि भएको छैन् “


सम्बन्धित समाचार