fbpx

ने क पा स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना



नेपालबहस संवाददाता
 




काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । आज बोलेका ८ जना स्थायी कमिटि सदस्यहरुले सरकार र पार्टी सञ्चालनमा नेतृत्वले लापवार्ही गरेको आरोप लगाएको छन् ।

बैठकमा नेता भीम रावलले १४ पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेश गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताए । उनले सरकार सञ्चालनमा गम्भीर लापवार्ही भएको जिकीर गरेका हुन्। अर्का नेता योगेश भट्टराईले पार्टी नेतृत्व एकलौटी ढंगले अगाडि बढेको भन्दै त्यसलाई रोकिनुपर्ने बताए । उनले एकताको घोषणा गरिएको लामो समय भइसक्दा समेत पार्टी एकतामा ढिलाई हुनुमा नेतृत्व नै दोषी गरे ।

शनिबारबाट सुरु भएको नेकपाको स्थायी समितिको बैठकमा सदस्यहरुले पार्टी नेतृत्वप्रति आक्रोस व्यक्त गरेका हुन् । हिजो बसेको बैठकमा पनि नेताहरुले नेतृत्वको कार्यशैलीप्रति विरोध जनाउदै सरकारका गतिबिधीहरु विवादास्पद भएको टिप्पणी गरेका थिए ।

आजको बैठकमा अध्यक्षद्धय ओली र दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा नेताहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले बोलेका थिए ।

स्थायी समिति बैठक भोली पनि बस्नेछ । भोली बिहान ८ बजे बोलाइएको बैठकमा पनि बाँकी नेताहरुले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेछन् । ४५ सदस्यीय नेकपा स्थायी समितिमा हिजो १० जना र आज ८ जना गरी १८ जना नेताहरुले मात्रै बोलेकाले बैठक अझै केही दिन लम्बिने भएको छ ।

नेकपा स्थायी समिति बैठकमा शिबार सचिवालय सदस्य बामदेव गौतमले आफूप्रति पूर्वाग्रही दृष्टिकोण राखेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए ।


सम्बन्धित समाचार